
सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकाको एक पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका अधिकांश ट्यारिफ (भन्सार शुल्क) अवैध भएको फैसला सुनाएको छ।
राष्ट्रपति ट्रम्पले पनि यस फैसलाप्रति प्रतिक्रिया जनाएका छन्। उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘सबै ट्यारिफ अहिले पनि लागू छन्। आज अत्यन्त पक्षपाती पुनरावेदन अदालतले गलत रूपमा हामीले लगाएका भन्सार शुल्कहरू हटाइनुपर्छ भनेको छ तर, उनीहरूलाई थाहा छ अन्त्यमा अमेरिका नै विजयी हुनेछ।’
ट्रम्पले अदालतको निर्णयलाई अमेरिका विनाश गर्ने भन्दै आलोचना गरेका छन् ।