
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले नगद विदेशी मुद्रा नेपालमा भित्र्याउने र नेपालबाट बाहिर लैजाने व्यवस्थालाई पुनःस्मरण गराएको छ ।
नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापनका अनुसार नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५,००० सम्म (भारतीय रुपैयाँको हकमा सो बराबर रकम, र अन्य विदेशी मुद्रामा समेत अमेरिकी डलर ५,००० बराबर) भन्सार घोषणा विना नेपालमा ल्याउन सक्ने व्यवस्था छ। तर, सो भन्दा बढी रकम ल्याउँदा वा लैजाँदा भन्सारमा घोषणा गरी प्रमाणित गर्नुपर्ने हुन्छ।
यसअघि नै बैंकले मिति २०७५-०३-३२ र २०७५-१२-२६ मा सूचना प्रकाशित गरिसकेको भए पनि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ अनुसार यसपटक फेरि पुनः प्रकाशन गरिएको हो।
नेपाली नागरिकले भारत बाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा ल्याउन नपाइने व्यवस्था पनि यथावत् रहेको राष्ट्र बैंकले स्मरण गराएको छ।
