२०८२ फाल्गुन २७ , बुधवार

राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसले ईश्वरी न्यौपानेलाई पठाउने

Ishori Neupane

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा इश्वरी न्यौपाने पठाउने भएको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको शीर्ष पाँच नेताको बैठकले न्यौपानेको नाममा सहमति जुटाएको हो ।

सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त उक्त पदमा न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।

 

संसदीय सुनुवाइ समिति सभापति रहेकी न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाउन लागिएको हो ।