२०८२ फाल्गुन २५ , सोमवार

फेरि पक्राउ परे गोपाल मोक्तान , गुण्डागर्दीमा संलग्न भएको आरोप

1756096324-cKyA3

सुनाखरी न्युज/ काठमाडौं । 

सिनामंगल र बत्तीसपुतली आसपासका सेकुवा कर्नरमा मानिसलाई धम्क्याउँदै पिटपिट गर्ने कुख्यात ‘टोले गुण्डा’ रेश लामा पक्राउ परेका छन्।रेश लामा भनेर चिनिने मोक्तानलाई प्रहरी वृत्त गौशालाको टोलीले आइतबार साँझ चाबहिलस्थित ए वान क्याफेबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार जनक कार्कीले कुटपिटको निवेदन दिएपछि मोक्तानलाई पक्राउ गरिएको बताए। रेस्टुराँमा दुईबीच विवाद हुँदा मोक्तानले कार्कीलाई कुटपिट गरेको जाहेरी वृत्तमा छ।

दोलखा बैतेश्वर गाउँपालिका- ३ घर भई काठमाडौं- ७ सुकेधारा बस्ने ३९ वर्षीय मोक्तान गत माघ २३ गते तरबारले केक काटेर आतंक फैलाएको आरोपमा पक्राउ परेका थिए। आरोपी बिरुद्ध प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । लेनदेन विवादमा लामाले युवकलाई कुटपिट गरेका हुन् ।