
सुनाखरी न्युज/ काठमाडौ ।
भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ ।आइतबार भुटानको चाङ्लिमिथाङ रंगशालामा खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ। नेपालले यसअघिका दुई खेलमा एक जित र एक हार ब्यहोरेको छ। पहिलो खेलमा भारतसँग ७- ० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा आयोजक भुटानलाई २- १ गोलले पराजित गरेको थियो।
प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोलीले भाग लिएका छन्। बंगलादेशले भुटानलाई पहिलो खेलमा ३- १ ले हराउँदा भारतसँग २- ० ले पराजित भयो । अगस्ट ३१ सम्म हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी छन् । प्रतियोगिता डबल राउण्ड रोबिन लिगमा खेलिनेछ र सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ । हाल भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान ३ अंक भएपनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रोमा छ ।
यस्तै आइतबार नै हुने अर्को खेलमा भारतले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले अगस्ट २७मा फेरि बंगलादेशसँग खेल्ने छ भने अगस्ट २९ मा भारतसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै अगस्ट ३१मा नेपालले भुटानसँग खेल्नेछ ।