
सुनाखरी न्युज/ काठमाडौ ।
चालु आर्थिक बर्षको बजेट मार्फत लागु भएको सुन तथा सुनका गहनामा २ प्रतिशत विलाशिता शुल्क लाग्ने ब्यवस्था संशोधन भएको छ । नयाँ ब्यवस्था अनुसार अवदेखि ब्यवसायीले उपभोक्तालाई सुनका गहना बिक्री गर्दाको बखतमा १ तहमा मात्र उपभोक्ता मार्फत लिने गरी यस्तो शुल्क लाग्नेछ ।
मन्त्रिपरिषदको २०८२ भदौ २ गते शोमबारको बैठकले यस्तो निर्णय गरेको हो । विना सुझवुझ हचुवाकोभरमा लगाइएको तहगत विलासिता शुल्कको ब्यवस्थाले सुन बजारलाई अस्तब्यस्त बनाउने भएपछि पुर्वबत ब्यवस्थालाई थप प्रष्ट वनाउँदै एक तहमा मात्र यस्तो शुल्क लगाउने ब्यवस्था गरिएको हो ।
आर्थिक ऐनमा सुन तथा सुनका गरगहनाको बिक्री मूल्यमा २ प्रतिशत विलासिता शुल्क लगाई असुल गरिने उल्लेख छ ।
मन्त्रिपरिषद्ले यसलाई संशोधन गर्दै व्यवसायबाट व्यवसायलाई व्यावसायिक प्रयोजनका लागि (बी 2 बी) मा गरिने तथा सर्वसाधारणबाट व्यवसायलाई गरिने (सि २ बी) मा सुन तथा सुनका गरगहनाको बिक्रीमा लाग्ने विलासिता शुल्क पूर्ण रूपमा छुट प्रदान गर्ने व्यवस्था गरेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्यले कार्यदलमा भएको सहमति अनुसार केही काम भएकामा खुशी ब्यक्त गर्दै सहमति अनुसार सवै निर्णयहरु हुन नसकेकोमा भने असन्तुष्टि जनाउनुभयो ।
यो निर्णयसँगै अव देखि ब्यवसायीवाट सुनका गरगहना खरिद गर्ने उपभोक्ताले (बि २ सी) मा मात्र २ प्रतिशत बिलाशिता शुल्क तिर्नु पर्नेछ ।
यस्ता छन् नयाँ ब्यवस्था:
-बिलाशिता शुल्क १ तहमा उपभोक्तावाट मात्र लिने ।
-उपभोक्ताले सुन फिर्ता गर्दा यस्तो शुल्क नलाग्ने ।
-बैंक, होलसेलर वा ब्यवसायीवाट ब्यवसायीले सुन खरिद गर्दा यस्तो शुल्क नलाग्ने ।
-पुरानो सुन विलविजकका आधारमा परिचयपत्रको फोटो कपी सहित खरिद गर्न सकिने ।
-विदेशवाट आउने यात्रुले ल्याएको सुन विनानस्थलमा भएको घोषणाका आधारमा खरिदगर्न सकिने ।
-गरगहना निर्माणका लागि कालिगढलाई पठाउँदा चलान बिल वनाएर पठाउनु पर्ने र कालिगढवाट ब्यवसायीले गरगहना ल्याउँदा पनि चलान विल वनाउनु पर्ने वा साविककै ब्यवस्था अनुसार VCTS गर्नुपर्ने ।
-यस्तो विल आन्तरिक राजस्व विभाग- कार्यालयवाट प्रणाणित गराउनु पर्ने ।
-सुन खरिद बिक्रिको कार्य गर्दा नगदमा ५० हजार भन्दा बढी काराबार गर्न नुहने ।
-विल विनाको सुनको-गरगहना खरिद गर्न नहुने ।
-आन्तरिक राजस्व विभागले तयार गरेको नमूना अनुसार विल वनाउनु पर्ने ।
-बिलाशिता शुल्क प्रत्येक महिना सकीएपछि अर्को महिनाको २५ गते भित्र बुझाउनु पर्ने ।
-मर्मतका लागि ल्याएको गहनामा बिलाशिता शुल्क नलाग्ने । तर सुन थप गरिएको भए थपिएजतिको मात्र शुल्क तिर्नुपर्ने ।
-बजेटले गरेको ब्यवस्था अनुसार साउन १ देखिको विलाशिता शुल्क लाग्ने ।
-खरीद गर्दा बिक्री कर्ता ग्राहकको नाउँमा एकाउन्ट पेयी चेक काट्नुपर्ने वा फर्मको खाताबाट निज बिक्रीकर्ता ग्राहकको खातामा अनलाइन भुक्तानी गर्नुपर्ने ।
-प्रत्येक कालिगढले PAN नं लिनुपर्ने /पान नं लिएका कालिगढलाई मात्र चलान बील दिन सकिने र त्यस्ता कालिगढले मात्र चलान बीलमा जनाएर मात्र तयारी गहना पसलमा बुझाउन ओसारपसार गर्न सकिने / यसो गर्दा स्टक खातामा अभिलेख राखी अद्यावधिक गर्ने ।
-गरगहना मर्मत गर्नुपरेमा पनि मर्मत गर्ने व्यहोरा उल्लेख गरी चलान बील काट्नु पर्ने ।
-अब २/३ दिन मित्र बिलासिता कर र भ्याट बीलको नमूना सहितको कार्यविधि जिल्ला कर कार्यालय मार्फत बितरण गरी तत्काल स्थानीय व्यवसायी हरुलाई तालिम प्रदान गर्ने ।
-भ्याटको हकमा छुट्टै सबै खाले पत्थरको बिक्रीमा ५० लाख थ्रेसहोल्ड कटेपछि मात्र दर्ता हुन अनिवार्य हुने ।
-झिटिगुण्टाको बिदेशी बीलको गहनाको हकमा त्रिभुवन बिमान स्थलमा अभिलेखीकरण भएको प्रमाणित भएमा मात्र कारोबार गर्न सकिने ।
-गरगहना बिक्री गर्दा ग्राहकले पालना गर्नु पर्ने मापदण्ड बारे सुचना पाटी राखी अग्रिम जानकारी गराउने ।
यसैबीच आन्तरिक राजस्व विभागले शुक्रबार ब्यवसायी सँग भएको छलफलका क्रममा मन्त्रिपरिषदले गरेको निर्णय अनुसार करको ब्यवस्था लागु हुने र विभागले आगामी आइतबार वा शोमबार सम्ममा कार्यविधि बनाई लागु गर्ने जनाएको छ ।