२०८२ फाल्गुन २३ , शनिवार

अनलाइन ठगी र यसबाट बच्ने उपायहरू

bank-hacked-techpana-news_EkWPK5ujlQ

सुनाखरी न्युज / काठमाडौं । 

अनलाइन ठगी के हो ? 
अनलाइन ठगी भनेको कुनै व्यक्ति वा समूहले विद्युतीय माध्यम (जस्तै, ईमेल, सामाजिक सञ्जाल, वेबसाइटहरू आदि )  मार्फत ठगी गर्नको लागि अनाधिकृत रूपमा अर्को व्यक्तिको बैंक खाता वा व्यक्तिगत जानकारीमा पहुँच प्राप्त गरी रकम ठगी गर्ने कार्य हो । अनलाइन ठगीका धेरै प्रकार छन्, जसमा सामाजिक सञ्जाल ह्याकिंगदेखि लिएर, अनलाइन सपिङ्ग साइटमा धोखाधडी गर्ने कार्य सम्म रहेका छन्। पछिल्लो समय अनलाइन ठगी अत्यन्त सामान्य बन्न थालेको छ ।

कहिले प्रयोगकर्ता सचेत नहुँदा त कहिले सेवाप्रदायकको प्रणालीमा कमजोरी आउँदा विभिन्न किसिमका अनलाइन ठगीका घटना हुने गरेका छन् । कतिपय अवस्थामा भने सुरक्षाका उपाय अपनाउँदा पनि अनलाइन ठगीको सिकार भइनसक्छ । ‘बैंकको प्रतिनिधि’ भन्दै फोन गरेर व्यक्तिगत विवरण माग्ने, मेसेज वा डिजिटल वालेटको ओटीपी माग्ने जस्ता उपायमार्फत साइबर अपराधीहरूले बैंक तथा डिजिटल वालेटमा भएको रकम चोरी गर्ने गरेका छन् । यदि तपाईं पनि यस्तै समस्यामा पर्नुभएको छ भने तत्काल यी काम गर्नुहोस् :

अनलाइन ठगीबाट बच्न के गर्ने ? 
आजको डिजिटल युगमा अनलाइन ठगी एक गम्भीर समस्या बनिसकेको छ, जसले हामीलाई वित्तीय र व्यक्तिगत हानी पुर्याउन सक्छ। यसबाट बच्नका लागि विभिन्न सुरक्षा उपायहरूलाई ध्यानमा राख्नु अत्यन्त आवश्यक छ।
. लोभ्याउने खालको विज्ञापनमा विश्वास नगर्ने ।
.अप्रत्यासीत सूचना वा प्रस्ताव प्राप्त भएमा आधिकारिक संस्थासँग सिधा सम्पर्क गरेर सत्यता सुनिश्चित गर्नुहोस्।
विदेशबाट तपाईको नामबाट उपहार आएको छ, भन्सार कटाउनका लागि  महंगो सामानको फोटो देखाएर रकम माग गरेमा सचेत रहनुहोस् ।
.अनलाइन सपिङको नाममा अविश्वासनीय सस्तो रकममा कुनै सामानको आग्रह आएमा सचेत रहने।
. बुझ्नु पर्ने कुरा :  कसैले कसैलाई सित्तैमा केही दिँदैन र नभरेको चिठा पर्दैन।

.अनलाइनमा बैंक खाता विवरण, पासवर्ड, इत्ए, क्रेडिट कार्ड जस्ता व्यक्तिगत जानकारी कसैले मागेमा यस्ता गोप्य जानकारी कसैलाई नदिनुहोस् ।
.तपाईको सामाजिक सञ्जालमा भएको असामान्य गतिविधिमा ध्यान दिनुहोस् र समय–समयमा पासवर्ड परिवर्तन गर्नुहोस्।
सुरक्षित तथा बलियो पासवर्डको प्रयोग गर्नुहोस् ।
.सुरक्षित र विश्वसनीय वेबसाइटहरूमा मात्र अनलाइन शपिंग गर्नुहोस् थप सुरक्षाको लागि इसेवाको भक्अचयध ँभबतगचभ को प्रयोग गर्नुहोस् ।

.भाग्यमा होइन, कर्ममा विश्वास गर्नुपर्छ।
. सामाजिक सञ्जाल प्रयोग गर्दा बलियो पासवर्ड राख्नुपर्दछ।
. सामाजिक संजालमा नचिनेको र अनावश्यक फ्रेन्ड रिक्वेस्ट स्वीकार नगर्ने।
. आधिकारिक साइट बाहेकबाट एप डाउनलोड नगर्ने।

. आफूलाई बलियो र सुरक्षित अनलाइन सेक्युरिटी प्रोटेक्सनमा राख्नु पर्दछ ।
.अनजान स्रोतबाट आएका फिसिङ्ग इमेललाई बेवास्ता गर्नुहोस्।
.आकर्षक रोजगारी पाउनका लागि उल्टा आफूले रकम लगानी गर्न लगाउने प्रलोभनमा फसी अनलाइन ठगीमा नपर्नुहोस् ।

.चिनजानकै व्यक्तिबाट मेसेजमा च्याट गरी रकम माग गरेमा कल गरी एकीन गर्नुहोस् ।
. कम लगानीमा धेरै फाइदा पाउने भन्दै आएको विज्ञापन वा इमेलमा विश्वास नगर्नुहोस् ।
. ठगीको शिकार भएपछि प्रहरीलाई तुरुन्त रिपोर्ट गर्नुहोस्।