
सुनाखरी न्युज/ काठमाडौं ।
दक्षिण अमेरिकाको तट नजिकै ७।५ म्याग्निच्युडको भूकम्प आएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, हालसम्म कुनै क्षतिको जानकारी प्राप्त भएको छैन।
यसअघि पनि मे २०२५ मा यसै क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो।
अमेरिकी भूगर्भ सर्वेक्षण संस्था ९यूएसजीएस० का अनुसार यो भूकम्पको केन्द्र अर्जेन्टिनाको दक्षिणतर्फ रहेको ड्रेक पैसेज नजिकै १०।८ किलोमिटर गहिराइमा गएको थियो।
चिलीको नेभी हाइड्रोग्राफिक तथा ओसनोग्राफिक सर्विसले पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ। तर यसको मूल्याङ्कन भइरहेको बताइएको छ।