
सुनाखरी न्युज / काठमाडौं ।
नेपाल वायुसेवा निगमले आफ्नो जहाजहरुको मर्मतसंभार सेवालाई विस्तार गर्ने योजना अनुरुप निगमको इन्जिनियरिङ्ग मेन्टिनेन्स विभाग अन्र्तगत रहेको मर्मतशाला (Workshop) मा नेपाल नागरिक उडड्यन प्राधिकरणको अनुमति अनुसार Non-Destructive Test (NDT) को एक विधा (Type) Magnetic Particle Inspection (MPI) निगमको कार्यक्षेत्र (Scope) मा थप भई भर्खरै संचालनमा ल्याईएको छ । आज मिति २०८२/०५/०५ गते बिहीबारका दिन निगमका कार्यकारी अध्यक्षले सो सेवाको शुरुवात भएको जानकारी गराउँदै यो काम निगमको आयआर्जनको श्रोत मध्ये एक भएको कुरा उल्लेख गर्नुभएको छ ।
यस कार्यक्षेत्र (Scope) थपले निगमले उक्त कार्य बाह्य वायुसेवा कम्पनीमा गराईदा लाग्ने गरेको खर्च बचत हुनुका साथै अन्य वायुसेवा कम्पनीहरुलाई समेत सो सेवा प्रदान गर्दा उक्त वायुसेवा कम्पनीहरु लाभान्वित हुने विश्वास लिएको छ । जहाज मर्मतसम्भारको जिम्मेवारी निगमको इन्जिनियरिङ्ग विभागसंग रहेकोले निगमले यात्रुको हवाई सुरक्षालाई गम्भीर रुपमा लिई यात्रुहरुको हवाई सुरक्षाको प्रत्याभुति दिलाउनुको साथै CAA Nepalअन्र्तराष्ट्रिय Safetyर Quality Standard लागु गर्दै आफ्नो कार्यक्षेत्रहरुको विस्तार गर्दै आईरहेको र Magnetic Particle Inspection (MPI) संचालनबाट निगमले Scope Addition को कामलाई निरन्तररुपमा उच्च प्राथमिकतामा राखेर मर्मतसम्भार सेवा विस्तारमा ध्यान दिईराख्ने प्रतिवद्धता व्यक्त गर्दछ ।