२०८२ चैत्र ३ , मंगलबार

पोखरामा आप्रवासी स्रोत केन्द्र स्थापना

Capture

सुनाखरी न्युज / काठमाडौं ।

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन परामर्श तथा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालयको परिसरमा आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) स्थापना भएको छ । पोखरा महानगरपालिकाले रु १६ लाख लागतमा केन्द्र स्थापना गरेको हो । केन्द्रबाट सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सूचना तथा परामर्शका साथै कानुनी सहायता गरिने पोखरा महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । वैदेशिक रोजगारीमा जाने तयारीका युवालाई वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने सुरक्षासम्बन्धी परामर्श, सावधानी तथा निःशुल्क तालिमका लागि सिफारिस तथा अप्ठ्यारोमा परेकालाई कानुनी सहायताका लागि केन्द्र स्थापना गरिएको उहाँको कथन छ ।
रासस