२०८२ फाल्गुन २५ , सोमवार

बूढानीलकण्ठमा सवारी दुर्घटना, २ को मृत्यु , ३ घाइते

accident i

सुनाखरी न्युज/ काठमाडौं ।

बूढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।बागमती प्रदेश ०२- ०४१ प ६८१९ को स्कुटर र प्रदेश ३-०२-००२ प ५७२ को मोटरसाइकल आइतबार राति पौने २ बजेतिर ठोक्किएका थिए । दुर्घटनामा सिरहाको जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय पुरुषको मृत्य भएको छ ।

उनीहरुलाई शिक्षण अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति सवा २ बजे मृत घोषणा गरेको प्रहरी प्रभाव बूढानीलकण्ठले जनाएको छ । उनीहरुका आफन्त सम्पर्कमा आएका छैनन् ।