
सुनाखरी न्युज/ काठमाडौं ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दैछन्। जेलेन्स्कीले ह्वाइट हाउसमा ट्रम्पसँग भेटवार्ता गर्न लागेका हुन्।
ह्वाइट हाउसमा ट्रम्पसँगको भेटमा जेलेन्स्कीले तितो अनुभव लिइसकेका छन्। गत फेब्रुअरीमा खनिज सम्झौताका लागि ह्वाइट हाउस पुगेका जेलेन्स्की राष्ट्रपति ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सबीच भनाभन भएको थियो।
त्यसयता जेलेन्स्कीले पटकपटक भेटवार्ता गर्न खोजे पनि ट्रम्पले उनीसँग औपचारिक रूपमा लामो भेट गरेका छैनन्।
युक्रेनमा युद्धविरामबारे ट्रम्पले शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका थिए।
तीन घन्टासम्म चलेको वार्तामा के कुराकानी भयो, सम्झौता कसरी गर्ने भन्ने विषयमा भएको छलफलबारे ट्रम्पले जेलेन्स्कीलाई जानकारी गराउन लागेका हुन्।