
सुनाखरी न्युज/ काठमाडौं ।
भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौं आइपुगेका छन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने औपचारिक भ्रमणका लागि आइतबार बिहान काठमाडौँ आएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रस्तावित भारत भ्रमणको तयारी छलफलका लागि मिस्री नेपाल आएका हुन्। उनको भ्रमणको कार्यतालिकाबारे मन्त्रालयले औपचारिक जानकारी दिएको छैन। तर स्रोतका अनुसार मिश्रीको बसाइ सोल्टी होटलमा गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छुट्टा(छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।
भेटमा मिस्रीले भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नेछन् ।