
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट सरुवा गरेर काठमाडौं ल्याउन लागिएको छ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो ।
सहकारी ठगी प्रकरणमा लामिछाने भैरहवा कारामा थिए। तर, उनलाई कारागार स्थानान्तरण गर्न अदालतले दिएको आदेश पालाना नगरेको भन्दै आलोचना भएपछि सरकारले उनलाई काठमाडौँ ल्याउन लागेको हो।