
हाम्रो शरीरको ७० प्रतिशत अंग पानीले बनेको हुन्छ। पानी धेरै उद्धेश्यका लागि प्रयोग गरिन्छ। खाना पकाउने, कपडा धुने, नुहाउने सबै कामका लागि पानीको आवश्यकता पर्छ। सबैभन्दा महत्वपूर्ण कुरा पिउने पानीको हो।पहिला पहिला धेरै मानिसले एक पटकमा आधा घुट्कोभन्दा बढी पानी पिउँदैनथे। कसरी समय परिवर्तन भयो। यूकेमा पछिल्ला वर्षहरूमाभन्दा अहिले मानिसहरू बढी पानी पिउँछन्। अमेरिकामा सोडाभन्दा पानीका बोतलहरू बढी बिक्री भएको छ। स्वस्थ शरीर, धेरै ऊर्जा, राम्रो छालाका लागि र वजन कम गर्न अनि क्यान्सरबाट जोगिन दैनिक लिटरका लिटर पानी पिउने गरेको भन्ने हामी धेरै सुन्छौँ। दैनिक यात्रा गर्ने मानिसलाई, स्कुले विद्यार्थीलाई पानी बोकेर हिँड्न सुझाइन्छ।शरिरलाई डिहाइड्रेड हुन नदिन सादा पानी मात्र पिउनुपर्छ भन्ने छैन । त्यसको सट्टा ताजा जुस वा अन्य तरल पदार्थ पनि सेवन गर्न सकिन्छ । यसले शरीरमा तरल पदार्थको स्तर कायम राख्न पनि मद्दत गर्छ ।
कम पानी पिउँदा देखा पर्ने साइड इफेक्टहरू
कब्जियत
कम पानी पिउँदा त्यसले कब्जियतको समस्या निम्त्याउन सक्छ । शरिरमा कम पानी छ भने खाना राम्रो सँग पच्दैन र शौचमा पनि कठिनाइ निम्तिन्छ । त्यसैले खाना खानुभन्दा आधा घण्टा अगाडि र खाना खाएको आधा घण्टापछि पानी पिउनु पर्छ । यसले धेरैजसो पाचन समस्या समाधान गर्छ ।
मृगौलामा समस्या
मृगौलाले हाम्रो शरीरको अशुद्धता हटाउने काम गर्छ भने पानीको कमीले मृगौलाको कामलाई असर गर्छ । यसका साथै मृगौलामा पत्थरी हुने खतरा पनि बृद्धि हुन्छ, त्यसैले प्रयाप्त मात्रामा पानी पिउनुपर्छ ।
पिसाब नलीको संक्रमण
डिहाइड्रेसनले पिसाब नलीमा संक्रमण निम्त्याउन सक्छ । पानीले हाम्रो शरीरलाई भित्रबाट सफा गर्छ भने पिसाबको माध्यम बाट शरीरको अशुद्धता बाहिर निस्कन्छ । त्यसैले उचित मात्रामा पानी पिइएन भने पिसाबको इन्फेक्सन हुने खतरा हुन्छ ।
सुख्खा छाला
धेरै मानिसहरु चम्किलो र सुन्दर छालाका लागि अनेकन उपाय अपनाउँछन् तर नियमितरुपमा पानी पिउने कुरामा ध्यान दिदैनन् । पानीको कमीले छालालाई सुख्खा र निर्जीव बनाउँछ । आफ्नो छाला हाइड्रेटेड र चम्किलो राख्न सबैभन्दा पहिले प्रशस्त पानी पिउनुपर्छ।
मस्तिष्कको क्षमता
कम पानी पिउँदा हाम्रो ऊर्जा स्तर घटछ र त्यसले मस्तिष्कको काम गर्ने क्षमतालाई प्रभावित तुल्याउँछ । यसले हाम्रो मूड बिग्रन्छ, एकाग्रता गुम्छ अनि टाउको दुख्न सक्छ । यसले दिनभरको कामलाई असर गर्न सक्छ । जब शरीरमा पानीको स्तर राम्रो हुन्छ तब शरीरका हानिकारक विषाक्त तत्वहरू सजिलै बाहिर निस्कन्छन् र यसले मानिसको उमेर र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।कति पानी पिउने रुदिनमा २–३ लिटर अर्थात् ८–१२ गिलास पानी पिउनुपर्छ । यसले शरीरमा डिहाइड्रेसन हुँन दिँदैन । पानीको स्थानमा हामि जुस, सूप वा अन्य तरल पदार्थ सेवन गर्न सक्छौं । यसैगरी चिया वा कफीले शरीरमा क्याफिन पैदा गर्छ र क्याफिनको मात्रा बढ्दा शरीर डिहाइड्रेड हुन सक्छ ।
प्रसस्त पानी पिउँदा क्यालोरी बर्न हुन्छ जसले वजन घटाउन मद्दत गर्छ ।
बिहान खाली पेटमा २ गिलास मनतातो पानी पिउँदा पेटसँग सम्बन्धित समस्या जस्तै कब्जियत ९ अपच आदि हुँदैन र पेट पनि सफा रहन्छ । मनतातो पानी पिउन सकिदैन भने तामाको भाँडामा राखिएको पानी वा पानीमा कागती र मह मिसाएर पिउन सकिन्छ । खानाको साथमा पानी पिउनु उपयुक्त होइन् । खानासँगै पानी पिउनुहुँदैन । यसले खानाको पाचन प्रक्रियालाई सुस्त बनाउँछ। यदि पानी पिउनु छ भने दुई ९चार घुटको मात्र पिउनुपर्छ । भनिन्छ उभिएर पानी पिउँदा स्वास्थ्यलाई हानी पुग्छ । यसले जोर्नी दुख्ने समस्या निम्त्याउन सक्छ । त्यसैले बसेर पानी पिउनुपर्छ । एकैपटक धेरै पानी पिउनु हुँदैन बरु थोरै–थोरै चुस्की लिदै पानी पिउनुपर्छ । एकैचोटि धेरै पानी पिउँदा शरीर भारी हुने चक्कर लाग्ने, निद्रा लाग्ने आदि हुन सक्छ । सबै मानिसले समान मात्रामा पानी पिउनुपर्छ भन्ने होइन । यो प्रत्येक मानिसको शरीरमा निर्भर गर्छ । यसमा मानिसको खानपान, जीवनशैली, मौसमले पनि भूमिका खेल्छ । हामी कहाँ बस्छौं, कति तापक्रममा काम गर्छौ, कुन परिवेशमा रहन्छौ, कति सक्रिय रहन्छौ जस्ता कुरादेखि हाम्रो स्वास्थ्य, गर्भावस्था आदिमा पनि पानीको मात्रा निर्भर हुन्छ । यी अवस्थाहरू अनुसार शरीरलाई आवश्यक पानीको मात्रा पनि फरक हुन सक्छ।