२०८२ फाल्गुन २३ , शनिवार

अनुगमनमा कडाइ गरेपछि बाणिज्यका महानिर्देशक दाहालको ६ महिनामै सरुवा

kumar dahal_

 

सुनाखरी न्युज/ काठमाडौं ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालको सरुवा गरिएको छ ।

 

सरकारले  महानिर्देशक दाहालको सरुवा समावेशी आयोगमा गर्ने निर्णय गरेको छ । पछिल्लो समयमा बजार अनुगमनमा निक्कै कडाइ गरेका बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले महानिर्देशक दाहालको सरुवा गर्ने निर्णय गरेको हो ।

 

दाहालले गत फागुनमा विभागको महानिर्देशकको जिम्मेवारी पाएका थिए । विभागमा ६ महिना बित्न नपाउँदै उनको सरुवा गरिएको हो । आगामी ३ महिनापछि उनी अनिवार्य अवकाशमा जाँदै थिए ।

उपभोक्ता संरक्षण ऐनले व्यवस्था गरेको दफाअनुसार उनले एमआरपी प्रणालीको थिति बसाल्ने अभियानका साथै विद्यालयहरुले आफूखुशी अभिभावकबाट असुल्दै आएको रकमको विषयमा कानूनी वेधता बारे प्रश्न खडा गरी अनुगमनको दायरा बढाउँदै लगेको अवस्थामा व्यवसायीको दबाबमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले उनलाई विभागबाट हटाउन मन्त्रिपरिषद्को बैठकमा सिफारिश गरेको स्रोतको दाबी छ ।