२०८२ फाल्गुन २५ , सोमवार

उत्पादनमा आधारित अनुदानले तनहुँका किसान व्यावसायिक पशुपालनमा

202307131225-184e979b-4cbf-45a7-844a-f18dc3c1af47_medium

सुनाखरी न्युज/ काठमाडौं ।

व्यास नगरपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान प्रदान गरेपछि यहाँका सर्वसाधारण व्यावसायिक पशुपालनतर्फ आकर्षित भएका छन् । किसानलाई प्रोत्साहनस्वरुप सहकारीमार्फत दुध र मासुमा अनुदान दिइएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो । दुर्इं हजार ५०० किसानले गाई, दुई हजार जनाले भँैसी र सात हजार ५०० ले बाख्रा पालेका उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा किसानलाई दूधमा प्रतिलिटर रु।दुईका दरले रु।४० लाख तीस हजार ६७९ र मासुमा प्रतिकिलो रु।२० का दरले रु।पाँच लाख ४७ हजार सात सय ८६ अनुदान दिइएको छ । एक हजार एक सय पच्चीस गाई र छ सय एक्काइस भैसीमा कृत्रिम गर्भाधान गराइएको छ । एक हजार ५३० किसानका २४ हजार १६७ पशुपन्छीको उपचार, बाख्रा स्रोत केन्द्र कार्यक्रमअन्तर्गत तीन वटा बाख्रा फार्म छनौट गरी एक लाख २५ हजारमा खोर निर्माण मर्मत गरिनुका साथै ७९ वटा सहकारी संस्थालाई वर्गीकरण गरिएको उहाँले बताउनुभयो ।
रासस