२०८२ फाल्गुन २८ , बिहिवार

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा कञ्चनचन्द्र बादे नियुक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा कञ्चनचन्द्र बादे नियुक्त भएका छन् । मुख्यमन्त्री एवम् संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले उनलाई मुख्य सचेतकमा नियुक्त गरेका हुन् । गत साउन १३ मा तत्कालीन दल नेता बहादुर सिंह लामा विरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि साउन १४ मा पुनः दल नेता चयनका लागि निर्वाचन भएको थियो । उक्त निर्वाचनमा बानियाँले २२ मत र लामाले १४ मत प्राप्त गरेका थिए । ३७ सांसद रहेको कांग्रेसको ५१ प्रतिशत भन्दा बढी सांसदको समर्थनमा बानियाँ दल नेता बनेपछि संसदीय दलको पुनः गठन बाँकी रहेको थियो ।संसदीय दलको रिक्त रहेका मुख्य सचेतक पदमा मुख्यमन्त्री बानियाँले सांसद बादेलाई नियुक्त गरेका हुन् । बादे काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित सांसद हुन् ।

उनी कांग्रेस बागमती प्रदेश समितिका महमन्त्री समेत हुन् । त्यसै मुख्यमन्त्री बानियाँले संसदीय दलको विधानको दफा १० को उपदफा ८ बमोजिम संसदीय दलको सदस्य सचिवमा मीनकृष्ण महर्जनलाई नियुक्त गरेका छन् । प्रदेशको पूर्व युवा तथा खेलकुद मन्त्री समेत रहेका महर्जनलाई बानियाँले सदस्य सचिवको जिम्मेवारी प्रदान गरेका हुन् । महर्जन ललितपुर निर्वाचन क्षेत्र नम्बर २ (क)बाट निर्वाचित सांसद हुन् । साउन ९ मा तत्कालीन दल नेता लामा माथि अविश्वास प्रस्ताव दर्ता तथा पारित र संसदीय दलको नेताको निर्वाचनको क्रममा दुवै जनाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।त्यसै मुख्यमन्त्री बानियाँले संसदीय दलको विधानको दफा १० को उपदफा ८ बमोजिम संसदीय दलको सदस्य सचिवमा मीनकृष्ण महर्जनलाई नियुक्त गरेका छन् । प्रदेशको पूर्व युवा तथा खेलकुद मन्त्री समेत रहेका महर्जनलाई बानियाँले सदस्य सचिवको जिम्मेवारी प्रदान गरेका हुन् ।