
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएकोमा आज एक हजारले बढ्दै १ लाख ९९ हजार ४ सय कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार तोलाको २ हजार ३१५ रुपैयाँ कायम भएकोमा आज २ हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।