
सुनाखरी न्युज/ काठमाडौं ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समितीका सभापति, तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेल बिच बिदेशी प्रतक्ष्य लगानी भित्र्याउन आवश्यक रणनितीका बिषयमा छलफल भएको छ । साथै उत्पादनशील छेत्रहरु र प्रविधी स्थानन्तरणहरुमा रेमिटान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहरुको स्थापना गर्ने , साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र अध्यात्मिक रिट्रीटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने बिषयमा पनि छलफल भयो ।
उक्त छलफल कार्यक्रममा पोर्चुगलमा रहेका नेपालीहरुका समस्या समाधान का लागि आफु लागि परेको र नेपाली आप्रवासीहरुको कल्याण र अधिकार सुनिश्चित गर्ने कार्य भैरहेको साथै पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्ने प्रभावकारी योजना बनिरहेको जान्कारी राजदूत पौडेलले गरएका छन् । पोर्चुगलमा रहेको नेपाली मिसन र सीएनआई बीचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको थियो ।