२०८२ फाल्गुन २४ , आइतवार

धुन्चे–खन्ती मार्ग मर्मत

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गोसाइँकुण्ड जाने यात्रुका लागि धुन्चेदेखि खन्तीसम्मको पैदल मार्ग मर्मत गरिएको छ । साप्चेदेखि त्रिशूली खोला, मिनी गोसाइँकुण्ड, ब्रागाङ हुँदै खन्तीसम्मको करिब चार किलोमिटर लामो उक्त पैदल मार्ग मर्मत गरिएको हो । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार खन्तीदेखि देउराली, डिम्सा, चन्दनबारी, लौरिविनायक, गणेश गौडा हुँदै तीर्थस्थलसम्मको पैदल मार्गको सरसफाइ समेत गरिएको छ । उक्त मार्गको कुनै पनि स्थानमा बाढी पहिरोको क्षति नभएको उहाँले बताउनुभयो । काठमाडौँदेखि धुन्चेसम्मको मोटर मार्ग भने सहज रहेको र नियमित रूपमा यातायात सञ्चालन भइरहेको ट्राफिक प्रहरी रसुवाले जनाएको छ ।

रासस