२०८२ फाल्गुन २३ , शनिवार

आज साउनको तेस्रो सोमबार, पशुपतिमा श्रद्धालुको घुइँचो

Pashupati

सुनाखरी न्युज/ काठमाडौं ।

साउन महिनाको तेस्रो सोमबार आज ।  काठमाडौंको पशुपतिलगायत शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ ।

हिन्दुधर्मावलम्बीहरुले साउन महिनाको हरेक सोमबारलाई भगवान शिवको प्रिय बार मानेर व्रत बस्ने र शिवको पूजाआराधना गर्ने गर्दछन् ।

 

यस वर्षको साउन महिनामा चारवटा सोमबार परेका छन् । हरेक सोमबारको दिन व्रतालुहरु बिहानै नुहाएर शिवलिङ्गमा जल र दूध चढाउँछन् । अनि बेलपत्र, धतुरो, विभिन्न फूल, फल लगायतका प्रसाद चढाएर पूजा गर्दछन् ।

यसरी शिवको पूजा गरेमा अटल सौभाग्य प्राप्त हुने, मनोकांक्षा पूरा हुने, पारिवारिक सुख, शान्ति एवं समृद्धि मिल्ने धार्मिक विश्वास छ ।

 

श्रद्धालुहरुलाई सहज रुपमा पूजाआजाको प्रबन्ध मिलाउने उद्देश्यले सोमबार पशुपतिनाथका चारै ढोका खुला गर्ने गरिएको छ ।