
सुनाखरी न्युज/ काठमाडौं ।
यो साता बजारमा ११३.३२ अंकको उतारचढाव रह्यो । बजार अधिकतम ३०२८।७९ विन्दुसम्म पुगेको थियो भने न्यूनतम २९१५.४७ अंकसम्म झरेको थियो । योसँगै बजारले सातामा वियरिस क्यान्डल बनाएको छ ।
साताभरमा कूल २ लाख ७० हजार कारोबारमार्फत ९६ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । साताको पहिलो दिन आइतबार बजार परिसूचक १८.४४ अंकले घटेको थियो । सोमबार बजारमा सामान्य सुधार भएर ७.१० अंकले बढ्यो।
मंगलबार बजारको सकारात्मक गतिले निरन्तरता पाउँदै ३०.७६ अंकले वृद्धि देखियो । बुधबार साताको सबैभन्दा ठूलो गिरावट हुँदै परिसूचक ४७.९३ अंकले घट्यो । साताको अन्तिम दिन बिहीबार पनि बजार ३१.५० अंकले घटेर बन्द भयो।
साताभरिको कारोबारमा सबै १३ वटै क्षेत्रगत उपसमूहका सूचकहरू घटेका छन् । यसमध्ये सबैभन्दा बढी गिरावट विकास बैंक क्षेत्रमा देखिएको छ । यो समूहको सूचक ३।८१ प्रतिशतले घटेको छ । त्यस्तै ट्रेडिङ समूह ३।५३ प्रतिशत र जलविद्युत समूह ३.४२ प्रतिशतले घटेका छन् ।