२०८२ फाल्गुन २८ , बिहिवार

 घाइते विद्यार्थी नेतालाई भेट्‌न अस्पतालमा प्रचण्ड

prachanda-in-annapurna-hospital-1753939761

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा  ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अखिल  ( क्रान्तिकारी ) का उपमहासचिव रामचन्द्र भट्टको अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् । उपचाररत भट्टलाई भेट्न प्रचण्ड बिहीबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल पुगेको प्रचण्डको सचिवालयले जनाएको छ ।

११ साउनमा कञ्चनपुरमा अखिल ( क्रान्तिकारी ) को बैठकमा हानाहान हुँदा भट्टको टाउकोमा चोट लागेको थियो ।

चिकित्सकले भट्टको स्वास्थ्यमा सुधार हुँदै गएको र अहिले सामान्य अवस्थामा रहेको बताएका छन् । भट्ट अखिल  ( क्रान्तिकारी ) का सुदूरपश्चिम इञ्चार्ज पनि हुन् ।