
सुनाखरी न्युज/ काठमाडौं ।
सेयर बजार मंगलबार करिब ४ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३०.७६ अंक बढेको छ ।
सो वृद्धिसँगै नेप्से ३००२.०७ अंकमा पुगेको छ ।
बजार बन्द हुँदा नेप्सेको आजको अंक २०७८ भदौ १३ यताकै उच्च हो । सो वर्ष भदौ २ गते हालसम्मकै उच्च ३१९८ अंकको रेकर्ड बनाएपछि नेप्से ओरालो लागेको हो ।
आज १८ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो । हिजो १९ अर्ब ३६ करोडको कारोबार भएको थियो । कारोबार रकम भने गत साउन ३१ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको बनेको छ ।