
सुनाखरी न्युज/ काठमाडौं ।
साता सेयर कारोबार मापक नेप्से परिसूचक ११२ अंकले बढेर २ हजार ९ सय ८२।६४ विन्दुमा उक्लेको छ । गत साताको तुलनामा यो ३।९० प्रतिशतले बढेको हो । पाँच दिनको सेयर कारोबारमा १८ करोड १४ लाख ८० हजार कित्ता सेयर किनबेच हुँदा ९४ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भयो ।
यो साता कारोबारमा आएकामध्ये २ सय ८ कम्पनीको सेयर मूल्य बढ्दा ४२ वटाको घट्यो ।
यो साता सबैभन्दा धेरै कमाउने कम्पनीमा जलविद्युत् र लघुवित्त छन् ।
तर यो साता धेरै सेयरमूल्य घटेका कम्पनीहरूमा धेरै विकास बैंक र फाइनान्स कम्पनी छन् ।
साप्ताहिक कारोबारका आधारमा यस साता नेपाल रिइन्स्योरेन्स सबैभन्दा अघि छ । यस अवधिमा यो कम्पनीको कारोबार रकम १६।९२ प्रतिशतले बढेको छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको कारोबार ९।८६, बुटवल पावरको ६।५४, न्याग्दी ग्रुपको ८।३३, शिभम सिमेन्टको १३।०८, फर्स्ट माइक्रोफाइनान्सको १९।३५ र लुम्बिनी विकास बैंकको सेयर मूल्य १६।२७ प्रतिशतले बढेको छ ।
यो साता सबै कारोबार दिनमा नेप्से उकालो लागेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि झन्डै २ खर्ब ९१ खर्ब ९४ अर्ब० ले बढेको छ । गत बिहीबार कुल बजार पुँजीकरण ४९ खर्ब ७७ अर्ब रुपैयाँ कायम भएको छ । अघिल्लो बिहीबार कुल बजार पुँजीकरण ४७ खर्ब ८३ अर्ब रुपैयाँ थियो । गत बिहीबारको कुल बजार पुँजीकरण नेपालको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को अनुपातमा ८१ प्रतिशत हो ।
यस साता सबै कारोबार दिन नेप्से बढे पनि आइतबार ०।३२ अंकले मात्र नेप्से सकारात्मक बनेको थियो । तर नेप्से सोमबार २१।७६ र मंगलबार ८०।९७ अंकले बढ्यो । यो वृद्धि बुधबारसम्म टिकेन । यसकारण नेप्से बुधबार ५।१७ र बिहीबार ३।७६ अंकले मात्र उकालो लाग्यो । गत साता पनि सोमबारबाहेक सबै कारोबार दिनमा नेप्से बढेको थियो ।
यसरी बढेको बजारमा लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि गत बुधबार र बिहीबार नेप्सेको वृद्धिदरमा कमी आएको जानकार बताउँछन् । यद्यपि आउँदा दिनमा पनि नेप्से उकालो लाग्ने विश्लेषकहरूको अनुमान छ । ब्याजदर न्यून दरमै रहेकाले बैंक तथा वित्तीय संस्थाले पनि सेयर कर्जालाई प्राथमिकतामै राखेका छन् । बजारमा लगानीकर्ताको आत्मविश्वास बढेको ब्रोकरहरूले जनाएको छन् ।