२०८२ चैत्र ६ , शुक्रवार

गुल्मीमा १९ जनाले त्यागे नेपाली नागरिकता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

एक वर्षको अवधिमा गुल्मी जिल्लामा १९ जनाले नेपाली नागरिकता त्यागेका छन् । आर्थिक वर्ष २०८१/०८२ मा १९ जनाले नेपाली नागरिकता त्यागेको जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ६८ जनाले नेपाली नागरिकता प्रमाणपत्र त्यागेका थिए । नागरिकता त्याग्ने व्यक्तिहरूको मुख्य कारण वैदेशिक बसाइँ, स्थायी आवास, वैवाहिक सम्बन्ध र अन्य व्यक्तिगत कारणहरू रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाली नागरिकता परित्याग गर्ने अधिकांश व्यक्ति विदेशमा स्थायी रूपमा बसोबास गर्दै आएका छन् । उनीहरूले त्यहाँको नागरिकता प्राप्त गरेपछि नेपाल सरकारलाई जानकारी दिँदै औपचारिक रूपमा नेपाली नागरिकता परित्याग गरेको निमिक्त प्रमुख जिल्ला अधिकारी गैरेले बताए