
सुनाखरी न्युज/ काठमाडौं ।
घुस लिएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको जानकारी गराएका हुन् । मन्त्री गुप्ताले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।
यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा बोलाएर सार्वजनिक अडियो बारे मन्त्री गुप्ता संग छलफल गर्नुभएको थियो । उनले आफूमाथि लागेको अनुसन्धान गरी सत्य, तथ्य बाहिर ल्याउन सहयोग गर्नको लागि प्रधानमन्त्रीसमक्ष राजीनामा बाुझाएको स्पष्ट पारेका छन । सार्वजनिक अडियो रेकर्ड अनुसार, गत पुसरमाघमा काम गरिदिने भनेर मन्त्री गुप्ताले केही रकम समेत बुझिसकेका थिए ।
अडियो रेकर्डमा मूलतस् कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तीबारे छलफल भए पनि पोखराको जग्गाको कुराकानीको प्रसंग समेत छ । मन्त्री गुप्ताले विभिन्न क्षेत्रका आकर्षक मालपोत कार्यालयहरूमा फोन गरेर ‘सहयोग माग्ने’ र भनेजस्तो नभएमा अन्तर मन्त्रालय सरुवा गरिदिन्छु भनेर धम्क्याउने गरेको समेत आरोप छ । यता सामाजिक संजालमा मन्त्री गुप्ताले आफू उच्चतम प्रविधिको शिकार भएको जिकिर गर्नुभएको छ । केही दिनअघि मन्त्री गुप्ताले घुस खाएको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि उहाँको सर्वत्र विरोध भएको थियो भने विपक्षी दलहरुले राजीनामा माग गर्दै कारबाही गर्न माग गरेका थिए ।