२०८२ फाल्गुन २४ , आइतवार

साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दै

u19-nepali-mahila-team

 

सुनाखरी न्युज/ काठमाडौं ।

साफ यू -२० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले आज भुटानसँग खेल्दै साफ यू–२० महिला च्याम्पियनसिपको सुरुआत गर्दैछ । खेल बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा नेपाली समयअनुसार ६ः१५ बजे हुनेछ ।

यो नेपाल र भुटानको एक -आपसमा दोस्रो भेट हो । दुई वर्षअघि बंगलादेशमै भएको प्रतियोगितामा भुटानमाथि नेपालले ४–० को एकतर्फी जित हासिल गरेको थियो ।

प्रतियोगितामा कमजोर मानिएको श्रीलङ्का पहिलो खेलमा बंगलादेशसँग ९- १ गोल अन्तरले पराजित भएको थियो भने भुटानसँग ५- ० गोल अन्तरले पराजित भएको थियो । आजै हुने अर्को खेलमा बंगलादेशले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । डबल राउन्ड रोबिनमा हुने च्याम्पियनसिपमा चार राष्ट्रको सहभागिता रहेको छ ।