
सुनाखरी न्युज/ काठमाडौं ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स र एनसीएचएल बीच (NEPALPAY Card) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नु भएको हो । एनसीएचएलले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई, विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । NPS–NCS र NEPALPAY Card को कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पु¥याउने अपेक्षा गरिएको छ । नेपालका अग्रणी फाइनान्सहरु मध्येको गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले देश भरी रहेका २३ वटा शाखा, ४ वटा विस्तारित काउन्टर तथा एटीएम सेवा, safe deposit लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ्ग मार्फत ग्राहकवर्गहरुलाई सेवाहरु प्रदान गर्दै आइरहेको छ ।