
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिका कार्यपालिकाको वैठक शुक्रबार बस्दैछ ।
मेयर बालेनले प्रशासकीय अधिकृतसँगको विवादका कारण कार्यपालिका बैठक बोलाउन मानेका थिएनन्, तर बजेट पास गर्नुपर्ने बाध्यताले बैठक बस्न लागेको हो।
बैठकमा प्रमुख प्रशासकीय अधिकृतको विषय टुंगो लाग्ने सम्भावना रहेको छ भने बजेटका लागि आवश्यक तयारी पूरा भइसकेको छ।
काठमाडौं । प्रत्येक महिना हुँदै आएको काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक लामो समयपछि शुक्रबार २ बजे बस्ने भएको छ ।
महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालय निमित्त प्रमुख शान्ता पहाडी हस्ताक्षरित पत्रमा कार्यपालिका सदस्यहरूलाई सम्बोधन गर्दै काठमाडौं प्लाजास्थित कार्यपालिका हलमा उपस्थित हुन भनिएको छ ।
उनको पत्र बिहीबार साँझ मात्रै वडाध्यक्षहरूलाई पुगेको छ । पत्र अगाडि नै नगर प्रहरीले वडाध्यक्षहरूलाई कार्यपालिकामा उपस्थित हुन मौखिक जानकारी गराएका थिए ।
महानगरका मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँगै कार्यपालिका र नगर सभामा बस्न नसक्ने भन्दै हठ गरिरहेका थिए । त्यही कारण असार १० मा आउनुपर्ने बजेट रोकिएको थियो ।
उ