२०८२ फाल्गुन २४ , आइतवार

चेक अनादर सम्बन्धी कार्यविधि जारी, चेक बाउन्सको निवेदन दिएको ५ दिनमै कालोसूचीमा (कार्यविधिसहित)

NRB-Building

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चेक अनादर गरेको व्यहोरा प्रमाणित गर्ने कार्यविधि–२०८२ जारी गरेको छ । राष्ट्र बैंकले बिहीवार बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशन संशोधन गर्दै उक्त व्यवस्था सहित कार्यविधि जारी गरेको हो ।

अब कार्यविधि अनुसार  चेक अनादरको लागि निवेदन प्राप्त भएको ५ कार्यदिभित्र बैंकले कर्जा सूचना केन्द्रलाई पठाउनुपर्ने भएको छ ।राष्ट्र बैंकको संशोधित निर्देशनमा भनिएको छ,‘अनादर प्रमाणित भएको चेक जारी गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्था तथा निजसँग सम्बन्धित पक्षहरुलाई कालोसूचीमा राख्न निवेदन प्राप्त भएको ५ कार्यदिनभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थाले कर्जा सूचना केन्द्रलाई लेखि पठाउनु पर्नेछ ।’

खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि पर्याप्त नभएको अवस्थामा चेक अनादर प्रमाणित भएमा, साथै खातामा पर्याप्त मौज्दात भएता पनि चेक धारकले चेकमा उल्लिखित विवरण सही भएको यकिन गर्न सक्ने अवस्थामा बाहेक अन्य जुनसुकै अवस्थामा चेक फिर्ता भएमा चेक कालोसूचीमा समोवश हुने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

चेक आनदरको लागि कालोसूचीमा राख्न चेक धारकले चेक अनादर भएको ६ महिनाभित्र निवेदन दिनुपर्ने छ । चेक अनादरको लागि कालोसूचीमा राख्न निवेदन दिँदा अनादर भएको चेकको सक्कल प्रतिसहित उक्त चेक अनादर प्रमाणित भएको मितिले ६ महिनाभित्र कालोसूचीमा राख्न सम्बन्धित बैंक तथा वित्तीय संस्था समक्ष निवेदन दिनुपर्ने निर्देशनमा उल्लेख छ ।