२०८२ फाल्गुन २७ , बुधवार

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

_Aagolagi

 

सुनाखरी न्युज/ काठमाडौं ।
यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर बुधबार आगलागी हुँदा करिब रु आठ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट रु सात लाख ९८ हजार बराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताउनुभयो । आगोले ९० वटा कुर्सी, चार वटा दराज, सोफा, टेबल, एउटा फ्रिज नष्ट भएका छन् । (रासस)