
सुनाखरी न्युज/ काठमाडौं ।
झापामा सामूहिक कुटाइबाट अर्जुनधारा नगरपालिका–४ भाङवारी घर भई शनिश्चरे क्याम्पसनजिक बस्दै आएकी २२ वर्षीया गंगा राईको मृत्यु भएको छ । आफ्नै कोठामा कुटाइ खाएर गम्भीर घाइते भएकी गंगाको बिर्तासीटी अस्पतालमा उपचारका क्रममा बुधबार बिहान १ः२० बजेतिर मृत्यु भएको हो ।
रमेशकी पत्नी साथीहरू केही साथीहरू बोलाएर गंगाको कोठामा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार सुस्मिताले ५४ वर्षीय मैयाँ श्रेष्ठ, ३८ वर्षीय बबिता विक, २४ वर्षीय मेनुका पाँचकोटी र ६० वर्षीय नर्बदा सुन्दासलाई लिएर गई गंगामाथि कुटपिट गरेकी थिइन् । गम्भीर घाइते भएकी गंगालाई शनिश्चरेस्थित शंकर अस्पतालमा लगिएको थियो ।
प्रहरीका अनुसार मृतक गंगा र रमेश भुसालको अवैध सम्बन्ध थियो । रमेश मंगलबार राति ११ बजेतिर गंगाको कोठामा गएका थिए । आफ्नो श्रीमान् गंगाकोमा गएको थाहा पाएपछि रमेशकी श्रीमती सुस्मितासहितले उनलाई निर्घात कुटपिट गरेको प्रहरीले बताएको छ । रमेशकी पत्नी केही साथीहरू बोलाएर गंगाको कोठामा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुस्मिता भुसालसहित कुटपिटमा संलग्न ५ महिला र सुस्मिताका पति रमेश भुसाललाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।