२०८२ फाल्गुन २५ , सोमवार

रातभर पङ्खा चलाउनु स्वास्थ्यका लागि खतरनाक !

sleeping-with-a-fan

सुनाखरी न्युज/ काठमाडौं । 

गर्मीको समयमा धेरै मानिसहरू रातभर पङ्खा लगाएर सुत्छन् । तर यो बानी हानिकारक हुने एक रिपोर्टले देखाएको छ ।विज्ञहरूका अनुसार राति पङ्खा लगाएर सुत्दा कोठाको तापक्रम घट्छ तर यसका कारण धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ।

यदि गर्मी बढ्दै छ भने रातभर पङ्खा चलाउनु बाहेक अन्य धेरै उपायहरू छन्, जसले गर्दा कोठालाई चिसो राख्न सकिन्छ। गर्मी हुँदा दिउसो कोठामा पर्दा लगाउने प्रयास गर्नुहोस्। यसले कोठाको तापक्रम कम राख्छ। साथै रातभर फ्यान चलाउनुहुन्छ भने आजैबाटै यसो गर्न बन्द गर्नुहोस्।

यस्ता समस्या हुन सक्छन् – 

रातभर पङ्खा लगाएर सुत्दा भोलिपल्ट शरीर दुख्ने समस्या हुन्छ । विशेष गरी यदि तपाईँलाई शरीर दुखेको छ भने, पङ्खा मुनि सुत्नु तपाईँको लागि झनै कष्टकर हुन सक्छ। यस्तो अवस्थामा राती पङ्खा मुनि सुत्नु हुँदैन । मार्टिन सीलेका अनुसार चिसो हावाले मांसपेशीहरू तन्किन्छ र तपाईँले अझ बढी दुखाई भोग्नु पर्ने हुन्छ ।

यसका साथै तपाईँले आफ्नो घाँटीमा पनि दुखाइ महसुस गर्नुहुनेछ। खास गरी दमका बिरामीले यसो गर्नुहुँदैन, यसका कारण दिउँसो बढी हाच्छ्युँ आउने, आँखामा पानी आउने र सास फेर्न गाह्रो हुने उनको भनाइ छ ।