२०८२ फाल्गुन २३ , शनिवार

संवैधानिक पदाधिकारीको नियुक्ति सदर (पूर्णपाठ)

52 member

सुनाखरी न्युज/ काठमाडौं ।

संवैधानिक इजलासका पाँच न्यायाधीशहरूमध्ये तीनथरी रायसहित ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति सर्वोच्च अदालतबाट सदर भएको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुडाल र डा. मनोज शर्माको इजलासले ती पदाधिकारीहरूको नियुक्ति संविधानसम्मत ठहर गरेको हो ।

 

न्यायाधीश सपनाप्रधान मल्लले नियुक्ति भएका ती पदाधिकारीहरूलाई संसदीय सुनुवाइमा पठाउनुपर्ने परमादेश जारी हुनुपर्ने राय दिएकी थिइन् । नियुक्ति सदरको हकमा भने उनको मत न्यायाधीशहरू चुडाल र शर्माको मतसँग मिलेको हो ।

 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश डा. नहकुल सुवेदीले पहिलो चरणमा नियुक्त भएका ३२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति बदर हुनुपर्ने राय लेखेका थिए ।

उनीहरूको राय अल्पमतमा परेको हो ।

दोस्रो, चरणमा नियुक्त २० पदाधिकारीहरूको हकमा भने पाँचैजना न्यायाधीशहरूको राय मिलेको छ ।

उनीहरूले त्यो नियुक्तिलाई संविधानसम्मत ठहर गरेका हुन् ।