
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष ९प्रधानमन्त्री० पेड्रो साञ्चेजद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखको सम्मानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य सहभागी हुनुभएको हो ।
प्रधानमन्त्री ओली र प्रधानमन्त्री साञ्चेजबीच आइतबार दुईपक्षीय भेटवार्ता भएको थियो । (रासस)