२०८२ फाल्गुन २४ , आइतवार

निगमको ६७ औं वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल वायुसेवा निगमको गौरवपूर्ण ६७ औं वार्षिकोत्सवको अवसरमा वार्षिकोत्सव मुल समारोह समिति अन्तर्गत खेलकुद उप– समितिद्वारा मिति २०८२/०३/१३ गतेका दिन सातदोबाटोस्थित एन्फा खेल मैदानमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री बद्री प्रसाद पाण्डेज्यूक। समुपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीज्यू सहित निगमका उच्च पदाधिकारीहरु तथा कर्मचारीहरुको उत्साहजनक सहभागिताका साथ भव्य रुपमा सम्पन्न भएको छ । मैत्रीपूर्ण ढंगमा सम्पन्न प्रतियोगितामा निगमका पुरुष कर्मचारीहरुको टिम, महिला कर्मचारीहरुको टिम तथा निगमका Executive टिमहरुबीच छुट्टाछुट्टै खेलहरु संचालन भएका थिए । Executive टिमको खेलमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीज्यूले सक्रिय सहभागिताका साथ फुटबल खेलनु भएको थियो ।

सहभागीहरुले खेल भावना, अनुशासन र सहकार्यको उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितालाई झनै आकर्षक, रोमाञ्चक र यादगार बनाउन सफल भएका थिए । स्वस्थ प्रतिस्पर्धा र आपसी सद्भावले भरिएको खेलमा दर्शकहरूले पनि खेलाडीहरूको प्रदर्शनलाई उत्साहपूर्वक समर्थन गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री बद्री प्रसाद पाण्डेज्यू र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीज्यू तथा निगमका सञ्चालक समिति सदस्य राम प्रसाद खतिवडाज्यूले खेल अवलोकन गर्नुका साथै खेलाडीहरुलाई प्रोत्साहन तथा शुभकामना व्यक्त गर्दै संयुक्त् रुपमा फुटबल खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । ६७ औं वार्षिकोत्सव समारोह अन्तर्गत आयोजित यस खेलकुद कार्यक्रममा सहभागी सबैप्रति नेपाल वायुसेवा निगम हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछ । निगमले आगामी दिनमा पनि आफ्ना कर्मचारीहरूको कल्याण, एकता र स्वस्थ जीवनशैली प्रवद्र्धनका लागि यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।