२०८२ फाल्गुन २९ , शुक्रवार

कांग्रेस केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै, के–के छन् एजेण्डा ?

nepali_congress

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदै छ ।

दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भातृ संस्थाको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति लगायत विषयमा छलफल गर्ने एजेण्डा छ ।

बैठकमा १०० दिने अभियानमा खटिएका प्रतिनिधिको रिपोर्ट पेस हुने छ । पार्टीबाट प्रदेशमा सरकारमा गएका मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयले गरेका कामको जानकारी पनि दिने छन् ।

विधान अनुसार दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक ९ महिनापछि बस्न लागेको हो ।