
सुनाखरी न्युज/ काठमाडौं ।
नेपालको तर्फबाट दक्षिण अफ्रिकी राज्यको लागी नियुक्त मानार्थ वाणिज्यदूत प्रदिप कुमार श्रेष्ठ ज्यूले मिति २०८२/०३/१० गतेका दिन ललितपुरमा रहेको वाणिज्यदूत कार्यालयमा आयोजित एक कार्यक्रम बीच दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका नवनियुक्त राजदूत महामहिम प्राèयापक अनिल सुकलाल र उहाँकी श्रीमती डा. निलिस्त्र सुकलाल सिंहलाई स्वागत गर्नुभयो । सो भ्रमणको क्रममा, राजदूत र मानार्थ वाणिज्यदूतले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्दै दुई देशबीच व्यापारिक अवसरहरूको खोजी गर्ने बारेमा छलफल सम्पन्न गर्नुभएको थियो । त्यस्तै, उहाँहरूले नेपाल र दक्षिण अफ्रिकाबीच उच्चस्तरीय प्रतिनिधिमण्डल सहितको भेटघाट तथा अनुभव आदानप्रदानको विषयमा समेत छलफल भएको थियो ।