
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली पर्यटन र प्रविधि क्षेत्रलाई डिजिटल बनाउने उद्देश्यले अग्रणी भ्याकेसन रेन्टल प्लेटफर्म Basiyo को सेवा अब Hamro Patro एप भित्रै उपलब्ध भएको छ। यस एकीकरणसँगै, प्रयोगकर्ताहरूले Hamro Patro एप मार्फत सिधै होटल, होमस्टे, रिसोर्ट, भिल्ला, अपार्टमेन्ट लगायतका स्टेहरू बुकिङ्ग गर्न सक्नेछन्। Basiy मा हाल नेपालला ३७ वटा जिल्लाहरूका ७५० भन्दा बढी प्रमाणित स्टेहरू सूचीबद्ध गरिसकेको छ, जुन अब Hamro Patro प्रयोगकर्ताहरूका लागि प्रत्यक्ष पहुँचमा आएको छ। “हामी Hamro Patro सँग सहकार्य गर्न पाउँदा अत्यन्त उत्साहित छौं,” द्यबकष्थय का प्रबन्ध निर्देशक दीपक पौडेल भन्छन्। “यस एकीकरणले हाम्रो सेवा लाखौँ प्रयोगकर्तासम्म पुर्याउन मद्दत गरेको छ। अब एकै एपमा होटल हेर्ने, छनोट गर्ने, बुक गर्ने र डिजिटल माध्यमबाट भुक्तानी गर्ने सम्पूर्ण प्रक्रिया सहज र सरल भएको छ।”
Basiyo ले स्थानीय समुदाय, महिलाद्वारा सञ्चालित होमस्टे, सस्ता होटेलदेखि पाँचतारे होटल सम्मलाई आफ्नो प्लेटफर्ममा समेटेको छ। यसले नेपाली आतिथ्य, संस्कृति र स्थानीय व्यवसायहरूलाई प्रवर्द्धन गर्ने काम गरिरहेको छ।
Basiyo मा मनसुन को विशेष छुट
हाल Basiyo ले आफ्नो : Monsoon Campaign अन्तर्गत बुकिङ्गमा १०५ छुट तथा अन्य आकर्षक अफरहरू उपलब्ध गराइरहेको छ। प्रयोगकर्ताहरूले बुकिङ्ग गर्दा प्रमोकोड: MONSOONWITHBASIYO प्रयोग गरेर यो छुट पाउन सक्नेछन्। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ।
डाउनलोड गर्न नबिर्सनुहो:
अब होटल बुक गर्न छुट्टै झन्झट गरिरहनुपर्दैन। द्यबकष्थय एपलाई गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट डाउनलोड गरी वा www.basiyo.com मा गएर सजिलै होटल बुक गर्न सकिन्छ। साथै, अब Hamro Patro एप भित्रै ‘Hotel Booking’अप्शनमा गएर Basiyo का सम्पूर्ण सेवा प्रयोग गर्न सकिन्छ।
Google Play Store: https://play.google.com/store/apps/details?id=com.basiyo.basiyo
Apple App Store: https://apps.apple.com/us/app/basiyo/id6502579096
Website: www.basiyo.com