२०८२ फाल्गुन २४ , आइतवार

प्रसिद्धको अर्धशतकमा सिंगापुरमाथि नेपालको जित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

ओपनर प्रसिद्ध जैसीले अर्धशतक बनाएपछि एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको हो । सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । प्रसिद्ध ५५ रनमा अविजित रहे । रौनक श्रीवास्तवले ४० रन बनाए ।सिंगापुरका आकाश तेजाले ३ विकेट लिए । युवान पाण्डेले १ विकेट लिए । त्यसअघि कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले उत्कृष्ट बलिङ गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा अलआउट भएको थियो ।विपिनले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ४ विकेट लिए । सचिनले ६.१ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए । अभय यादव र शुभम खनाले समान १ विकेट लिए ।