२०८३ बैशाख २५ , शुक्रवार

आजदेखि मुग्लिन-मलेखु सडकखण्ड रातिमा बन्द नहुने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

समयमा सडक आवागमन नरोकिने भएको हो। पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बरबाङ्, मोवा, खटौती र गोमती खोलाको पुलमा आरसिसी बिम राख्ने काम सम्पन्न भएको छ। उनले तीमध्ये दुईवटा पुलको ढलान असार मसान्तभित्रमा सक्नेगरी कामअघि बढाइएको बताए। भारतबाट ठूलो क्रेन झिकाएर बाहिर बनाइएको बिम पुलमा राख्नुपर्ने भएकाले गत जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातको समयमा सडक आवागमन रोकेर काम गरिएको थियो। क्रेनले यो खण्डका चार पुलमा बिम राखेसँगै आज र भोलि सोही आयोजनाअन्तर्गत नौबिसे–मलेखु खण्डमा निर्माणाधीन गलौदी खोलामा बिम राख्न लागिएको छ। आयोजनाले एक सूचना जारी गरी राति १० बजेदेखि बिहान ३ बजेसम्म दुई दिन सवारी रोकेर बिम राख्न लागिएको जनाएको छ।मुग्लिन-मलेखु सडक खण्डको ३२ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ।

धादिङको मझिमटार र विशालटारमा झण्डै दुई किलोमिटर क्षेत्र कालोपत्रको तयारी गरिएको छ।’करिब आठ किलोमिटर क्षेत्र कालोपत्र भएको छ। मौसमले साथ दियोभने थप दुई किमी कालोपत्र गर्दैछौं,’ उनले भने। आयोजनाका इञ्जिनीयर विजय दरैका अनुसार अरु दुईवटा पुलको फाउण्डेसनको काम भइरहेको छ। धादिङतर्फका चरौदी र हुग्दीमा फाउण्डेसनको काम हुँदैछ। ‘यो खण्डमा २.२ किलोमिटरको ६ लेन सडक बन्नेछ। जुन मलेखु, बेनिघाट र मुग्लिन खण्डमा पर्दछ। चार लेन सडक ७.२ किलोमिटर दुई किमी हुनेछ। यो रमाइलोडाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ। उकालो-ओरालो खण्डमा तीन लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन दुई दशमलव तीन किलोमिटर हुनेछ,’ इञ्जिनीयर दरैले भने। उनका अनुसार बाँकी सडक डेडिकेटेड दुई लेनको हुनेछ। शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको आयोजनाका इञ्जिनीयर दरैले बताए। सडकको विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षा लगायतका काम भइरहेको छ। यो सडक विश्व बैंकको सहयोगमा बनाइएको हो।