
सुनाखरी न्युज/ काठमाडौं ।
पुर्व- पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका – ४ खहरेपुलमा यात्रुबाहक बस र इलेक्ट्रीक माइक्रोबस एक- आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा २५ जना घाइते भएका छन्।
धनगढीबाट काँकडभित्तातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इलेक्ट्रिक गाडी शनिबार ठोक्किएको हो ।
चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किँदा उनीहको मृत्यु भएको हो । घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।