
सुनाखरी न्युज/ काठमाडौं ।
इरानस्थित भारतीय दूतावासले भारतले आफ्नो छिमेकी देश नेपालका नागरिकलाई इरानबाट निकाल्न मद्दत गर्ने बताएको छ। नेपालसँगै भारतले श्रीलङ्काका नागरिकहरूलाई पनि उद्धार गर्ने जानकारी दिइएको छ ।
दूतावासले भनेको छ, ‘नेपाल र श्रीलङ्काको सरकारको अनुरोधमा इरानस्थित भारतीय दूतावासद्वारा सञ्चालन गरिएको उद्धार प्रयासमा अब नेपाली तथा श्रीलङ्काली नागरिकहरूलाई पनि समेटिने भएको छ।’यसका साथै, भारतीय दूतावासले नेपाली र श्रीलङ्काली नागरिकहरूको सहायता गर्नका लागि टेलिग्राम च्यानल र आपतकालीन नम्बरहरू पनि सार्वजनिक गरेको छ ।
इरानमा रहेका नेपाली तथा श्रीलङ्काली नागरिकहरू सम्पर्क गर्नका लागि टेलिग्राम च्यानल वा आपत्कालीन नम्बरहरू प्रयोग गर्न सक्ने छ । यसका लागि दूतावासले ९८९०१०१४४५५७, ९८९१२८१०९११५ र ९८९१२८१०९१९ फोन नम्बर उपलब्ध गराएको छ ।