२०८३ बैशाख २५ , शुक्रवार

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कालीगण्डकी फाउण्डेशन नेपालले इलाका प्रहरी कार्यालय रामपुरलाई पुस्तक सहयोग गरेको छ । कार्यालयको हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि फाउण्डेशनले पुस्तक उपलब्ध गराएको हो । विभिन्न विधामा एक सय ५० भन्दा बढी पुस्तक प्रदान गरिएको फाउण्डेशनका अध्यक्ष निलकण्ठ भण्डारीले जानकारी दिनुभयो । “पुस्तकालय स्थापनामा मद्दत पु¥याउन पुस्तक उपलब्ध गराएका हौँ”, उहाँले भन्नुभयो । पुस्तकका माध्यमबाट व्यक्तिलाई सजायभन्दा पनि सकारात्मक मार्गमा हिँड्न प्रेरित गर्ने उहाँको भनाइ छ । इलाका प्रहरी कार्यालय रामपुरको हिरासत कक्षमा पुस्तकालय स्थापना गर्न लागिएको प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिनुभयो ।
रासस