
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल प्रहरीले प्रहरी जवानको माग संख्या थप गरेको छ । २०८१ मंसिर २१ गते ११६५ जना प्रहरी जवानको आवेदन माग गरेको प्रहरीले थप ६७७ जनाको माग गरेको हो ।
यससँगै अहिले आवेदन दिएका उम्मेदवारहरुबाट १८४२ जना छनोट हुनेछन् ।
यस्तै, समावेशी समूहतर्फ आदिवासी, जनजातिका लागि २६०, मधेसीका लागि २२८, महिलाका लागि १६२, दलितका लागि १२२, पिछडिएको क्षेत्रका लागि ४० तथा अमर अशक्त प्रहरी परिवारका लागि ३७ पदमा भर्ना गरिनेछ । यो पद संख्या थप सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि गरिएको सूचनामा उल्लेख छ ।
