२०८२ फाल्गुन २३ , शनिवार

सुनचाँदी ब्यवसायी महासंघहरुले भेटे काँग्रेस सभापति देउवा र सभामुख घिमिरे, ब्यवसायीका समस्या समाधानमा पहल गर्न आग्रह

deuba

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आइतबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

सुनचाँदी ब्यवसायीहरुले २०८२–०८३ को बजेट वक्तव्यमार्फत सरकारले सुनचाँदी, हिरा, जवाहतरात तथा हस्तकला ब्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्येक्षरुपमा अशर पर्ने गरी विलासिता कर र भ्याटको नाममा चर्को भार पार्न खोजेको भन्दै त्यसलाई तत्काल फिर्ता लिने वातावरण निर्माण गरिदिन आग्रह गरे ।

 

 

 

सरकारले बजेट बक्तब्य मार्फत सुन तथा सुनका गहनाको विक्रीमा २ प्रतिशत विलासिता कर लगाउने, हिरा जवाहरातमा १३ प्रतिशत भ्याट लगाउने लगायतका अब्यवहारिक नीति समवेस गरेको छ । यसअघि नै भारतमा भन्दा नेपालमा ४ प्रतिशत बढी हुनेगरी १० प्रतिशत भन्सार दर कायम भैरहेको छ । नयाँ ब्यवस्था खनुसार करका दर कार्यान्वयन भए त्यसको प्रभावले एक तोला सुनकोमुल्यमा ६ प्रतिशत विलासिता कर र १३ प्रतिशत भन्सार गरी १९ प्रतिशत भन्दा बढी बोझ थपिने छ ।

 

बिश्व बजारमा सुनको मुल्य वृद्धि भई सामान्य उपभोक्ताको क्रयशक्ति भन्दा ज्यादा भई कारोबार नै लगभग ठप्प प्राय भएको बिद्यमान अवस्थामा एक पछि अर्को गर्दै करको बोझ थपी ब्यवसायी र उपभोक्ताले थेग्नै नसक्ने गरी भार बोकाइनु जायज नभएको भन्दै उनीहरुले सभापति देउवा र सभामुख घिमिरेसँग गंभिर चासो र ब्यक्त गरे ।

त्यसक्रममा काँग्रेस सभापति देउवाले सुनचाँदी ब्यवसायीले राखेका चासोलाई आफूले गंभिररुपमा लिएको उल्लेख गर्दै समस्या समाधानका लागि सम्वनिधत निकायसँग आग्रह गर्ने आश्वासन दिनुभयो ।

त्यस्तै सभामुख घिमिरेले पनि ब्यवसायीका समस्यालाई आफूले गंभिररुपपमा लिएको उल्लेख गर्दै त्यसको समाधानका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो । सभापति देउवासँगको भेटका क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, कोसी प्रदेस सभापति रमेश रसाइली, मधेस प्रदशे सभापति रामजी साह, पदाधिकारी समिति सदस्य प्रकाश गहतराज, कार्यसमिति सदस्य नरेन्द्र विश्वकर्मा, महानिर्देशक शिव दुवाडी सहभागी हुनुभएको थियो ।

यस्तै सभामुख घिमिरेसँगको भेटका क्रममा महासंघका तर्फवाट कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्य, विशिष्ट सदस्य मोहन सुनार, दित्तिय उपाध्यक्ष वुद्धि दियाली, तृतीय उपाध्यक्ष राजु धमला, महासचिव किरणभाई बज्राचार्य, गण्डकी प्रदेस सभापति चन्द्रकिशोर गौतम तथा रत्न आभुषण महासंघवाट अध्यक्ष किसान श्रेष्ठ, महासचिव निर बहादुर विक लगायतको उपस्थिति रहेको थियो ।

आम ब्यवसायीहरुलाई परेको समस्याको समाधानका लागि महासंघहरु निरन्तररुपमा लागि पर्दै आएका छन् । यसक्रममा महासंघहरुले संयुक्तरुपमा विरोधका कार्यक्रमहरु सार्वजनिक समेत गरेका छन् । त्यसक्रममा गत जेठ २९ र ३० गते २ दिन देशभरका पसलहरु बन्द गरेर विरोध गरेका थिए । त्यसपश्चात महासंघहरुले सााकेतिकरुपमा विरोधका कार्यक्रम गर्दै आएका छन् । उनीहरुले आगामी ४ गतेको संयुक्त भेलापश्चात आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने बताएका छन् ।