२०८२ फाल्गुन २४ , आइतवार

ज्योति विकास बैंकका ग्राहकहरुलाई “Tilganga City Eye Center” मा विशेष छुट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

ज्योति विकास बैंक लिमिटेडले काठमाडौं चुच्चेपाटीस्थित”Tilganga City Eye Center” मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त आँखा केन्द्रमा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन्। यस केन्द्रमा ग्राहकहरुले आँखा जाँच र विशेष उपचार ९जस्तै शल्यक्रिया र थेरापी० मा १०% तथा प्रिस्क्रिप्शन चश्मा मा १५% छुट प्राप्त गर्न सक्नेछन्। तिलगङ्गा नेत्र प्रतिष्ठानको सह–संस्था Tilganga City Eye Center ले अत्याधुनिक प्रविधि प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय तथा उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ। हालै बैंकले नयाँ बानेश्वरस्थित प्रचलित “Alfa Health Care and Diagnostic Center मा १५% र सातदोबाटोस्थित “Alfa Health Care and Diagnostic Center” मा ५०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ६२ वटा न्यानो नानी मार्फत हरेक वर्ष २२९४ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। यस्ता जिवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ। यस विकास बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा रु। चालिस करोड कर तिरेको छ। साथै, चालु आर्थिक वर्षको पौष मसान्तसम्म रु। पन्द्र करोड कर स्वरूप बुझाइसकेको छ। ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ ।