२०८२ फाल्गुन २७ , बुधवार

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भारतको गुजरात राज्यस्थित अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाग्रस्त विमान चिकित्सहरू बस्‍ने आवासमाथि खसेको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए । जसमा ५२ जना बेलायती नागरिक र एक जना क्यानडेली नागरिक रहेको पुष्टि भएको भारतीय सञ्‍चार माध्यमहरूले उल्लेख गरेको छ । यस्तै पोर्चुगलका ६ जना नागरिक रहेको समेत भारतीय सञ्‍चारमाध्यले जनाएको छ ।भारतीय मिडियाहरूका दुर्घटनाग्रस्त विमानबाट एक सय शव निकालेको दाबी गरेका छन् । भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।